एनसीसी बैंकको लाभांश पारित, अध्यक्ष बने उपेन्द्रकेशरी न्याैपाने

-



     सफल आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित



काठमाठौं, १० माघ । एनसीसी बैंकको २३ औं साधारण सभाले १०.२६९५ प्रतिशत बोनस शेयर तथा ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।

बैंकको बागबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित साधारण सभाबाट संस्थापक समूह क बाट ३ र सर्वसाधारण समूह ख बाट १ महिला र २ पुरुष सहित ३ जनासहित ६ जना सञ्चालकहरु निर्विरोध चयन गरिएको छ ।

साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सञ्चालकहरुमा मोहन बहादुर बस्नेत, ईमानसिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान चयन भएका छन् ।

बैंकको साधारण सभाबाट पारित भएको १०.२६९५ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० पुग्ने भएको छ । देशभर १२७ वटा शाखा र १०२ वटा एटिएम मेशिनबाट बैंकिङप्रदान गर्दै आएको एनसीसी बैंकले आर्थिक वर्ष २०७६, २०७७ मा १ अर्ब १० करोड ८४ लाख खुद नाफा कमाएको छ ।