
काठमाडौं, १० माघ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघको तेश्राे सातामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका बारेमा ग्रीनलाईफ र सानिमा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्रीनलाईफका अध्यक्ष याङचेन डोमा लामा तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
ग्रीनलाईफले १९.४२ प्रतिशत शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले रुपैयाँ १०० अंकित ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले दिएको स्वीकृतिपछि कम्पनीले अब ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको हो । स्थानियले यसअघ नकिने बाँकी १६ लाख ४०० कित्ता पनि समावेश गरिएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी जम्मा गरेर ४० मेगावाट विद्युत उत्पादन गरिदैंछ । कम्पनीका अनुसार २०७८ वैशाखदेखि व्यवसायीक विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट तोकिएको छ






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



