
काठमाडौं, ११ माघ । आज शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ५०.२० अंकले बढेर २४०० अंक पार गरेको छ । नेप्से परिसूचक आज ५०.२० अंकले बढेर २४२४.८४ मा पुगेको हो । नेप्से २.११ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५२.०६ अंमा पुगेको छ ।
आज २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैया बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार गरेका १२ वटा उपसमूहमा ११ वटामा हरियाली छाएको छ भने बाँकी १ मा रातो लागेको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेप्से र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लाग्यो ।
उपसमूहको शेयर ७३.३५ ले ओरालो लाग्दा बैंकिङ २१.३६, होटल २४.५१, विकास बैंक २०.८१, जलविद्युत् ५१.१३, वित्त १४.१५, निर्जीवन बीमा २२१.६१, उत्पादन ५१.५६, अन्य १०४.७५, लघुवित्त १०२.५३, जीवन बीमा १६५.६८ र सामूूहिक लगानी कोष ०.०५ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६६ करोड ८२ लाख ७३ हजार १९५ बराबरको कारोबार भयो ।
यस्तै, नेपाल पुनरबीमा कम्पनी र ३४ करोड ७९ लाख ५१ हजार ४९२, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ८९ लाख ४१ हजार ७२०, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड २८ लाख १७ हजार २१९, प्राइम बैंक रु २३ करोड पाँच लाख ९७ हजार १३६, नेको इन्स्योरेन्स रु २२ करोड १४ लाख ९४ हजार ८५१, एनआइसि एशिया बैंक रु २० करोड ८२ लाख छ हजार ३२३ र प्रभु बैंक रु २० करोड ६८ लाख २० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोबार भएका कूल कम्पनी मध्ये ११९ कम्पनीको शेयर उकालो लागेको छ भने ४६ कम्पनीका शेयर मूल्य ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार गरिमा विकास लघुवित्त १०, मिथिला लघुवित्त १०, पोखरा फाइनान्स १०, गुराँस लाइफ इन्स्योरेन्स १०, गुराँस लघुवित्त ९.९९, नागरिक लगानी कोष ९.९८, एनसिसी बैंक ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९५, रिडी हाइड्रोपावर ९.९४ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।
नारायणी डेभलपमेन्ट बैंक ९.९१, एनआइबिएल प्रगति फण्ड ४.९९, सामुदायिक लघुवित्त ३.७९, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६५, प्रिमियर इन्स्योरेन्स ३.४२, जानकी फाइनान्स ३.०१, एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाए ।







पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



