एनसीसी बैंकको उच्च खरिद चाप, ३ दिनभित्र जानकारी दिन निर्देशन

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ माघ । नेपाल स्टक एक्सचेन्जले नेप्सेको कारोबार प्रणालीमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको उच्च खरिदको चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए ३ दिनभित्र जानकारी दिन निर्देशन गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर नेप्सेमा सूचिकृत भई बिगत लामो समयदेखि कारोेबार भईरहेको छ । माघ ८ गतेसम्म नियमित तथा सामान्य उतारचढावमा नै धितोपत्र कारोबार भईरहेकोमा आज कम्पनीको उच्च खरिद चाप देखिएकोले मूल्यमा परेको असरका बारेमा जानकारी मागेको हो ।