चिनियाँ खोप धेरै मुलुकमा

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित



पेचिङ, १२ माघ । हाल अरू केही मुलुक र क्षेत्रले चिनियाँ खोपको प्रयोग गर्न स्वीकार गरेका छन् भने अरू बढी मुलुक र क्षेत्रले चीनसँग खोप खरिद सम्झौता सम्पन्न गरेका छन्। चिनियाँ कोभिड-१९ विरूद्ध खोपले ती मुलुक र क्षेत्रको महामारी नियन्त्रण गर्न सहयोग र विश्वास प्रदान गरेको छ।

सर्बियाका स्वास्थ्यमन्त्री ज्लातिबोर लोन्चारले चीनको साइनोफार्म ग्रुपबाट उत्पादित खोप लगाएर सर्बियामा चिनियाँ खोप लगाएको पहिलो मानिस बनेका छन्। खोप लगाएपछि उनले चिनियाँ खोप सर्बियामा प्रयोग गरिएका तीन किसिमका खोपमध्येको एक हो र यो सुरक्षा तथा प्रभावकारी भएको बताए ।

१८ तारिख अजरबैजानमा पहिलो चरणकाे खोप लगाउने कार्य सुरू भएको थियो। अजरबैजानका स्वास्थ्यमन्त्री ओग्ताइ शिरालियेभले चीनको साइनोभ्याक ग्रुपबाट उत्पादित खोप लगाएका छन्।ब्राजिल राष्ट्रिय स्वास्थ्य पर्यवेक्षण ब्युरोकाे विशेष बैठकको आयोजना गरी चीनको साइनोभ्याक ग्रुपको खोपको आपतकालीन प्रयोग गर्न स्वीकार गरेको छ। चिली, पाकिस्तान, इराक, इन्डोनेशिया, टर्की र फिलिपिन्सले पनि चिनियाँ खोपको प्रयोग गर्न स्वीकार गरेका सिआरआइले जनाएको छ ।