
काठमाडौैं, १२ माघ । साताको दोश्रो दिन आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ४०० मा काराेबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९२ हजार ६०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्यमा पनि गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २६० मा कारोबार भएको छ । आईतबार पनि चाँदी प्रतितोला १ हजार २६० मा कारोबार भएको थियाे ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



