नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने बताएको छ । बैंकले ७ वर्ष समयका लागि विकास ऋणपत्र २०८४ ”ङ” नामक ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न बैंकले अनुरोध गरेको छ । ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिने भएको छ । यो ऋणपत्र धितोपत्र राखेर कर्जा लिन तथा दिन पाईने भएको छ ।

बोलकबोलको समय माघ १३ गते दिउँसो २ वजेसम्म रहेको छ । ऋणपत्र खरीद गर्न चाहनेहरुले तोकिएको अवधिमा ओबीएसएस डट एनआरबी डट ओआरजी डट एन पी को अनलाइन बिल्डिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल पेश गर्नुपर्ने भएको छ । माघ १४ गते निष्काशनको समय रहेको ऊक्त ऋणपत्रको साँवा २०८४ साल माघ १४ गते भुक्तानी हुने बैंकले जारी गरेको सूचनामा जनाईएको छ ।

प्रतिष्पर्धि तथा अप्रतिष्पर्धी बोलकबोलका लागि ईच्छुक खरीदकर्ता वा अप्रतिष्पर्धी रुपमा सहभागि हुन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालाहरुलाई निष्काशित रकमको ८५ र प्रतिशत अर्थात ८.५ अर्ब र रु १.५ अर्ब छुट्याईएको छ ।

अप्रतिष्पर्धी बोलवालाहरुलाई छुट्याईएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिष्पर्धी बोलवालाहरुलाई बिक्री गरिने भएको छ । बढी रकमको बोल प्राप्त भएको खण्डमा बोलवावालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने भएको छ ।