उच्च प्रबिधिको आर्टिफिसीयल इन्टेलीजेन्स भएको एलजीको वाशिंग मेसिन बजारमा

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ माघ । एलजीको एआई डीडी आर्टिफिसियल इन्टिलिजेन्स डाइरेक्ट ड्राइभ भएको भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।

यस वासिङ मेसिनमा एआई डीडी लगायत नयाँ प्रविधि रहेको छ । जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता लगायत विशेषता पत्ता लगाउछ । कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशत जोगाउने गर्छ ।

एआई डिडी वासिङ मेसिनले बिग डाटा बिग लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।

यस वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि रहेको छ ।जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने दाबी कम्पनीको छ । यसले कपडालाई ३० प्रतिशत खुम्चनबाट बचाउने छ ।