निफ्राको आईपीओ शनिबार बाँडफाँड गर्ने तयारी

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित



काठमाडौं १३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ आगामी शनिबार बाँडफाँट हुने भएको छ । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले शनिबार बाँडफाँड हुने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता शेयर प्रारम्भिक निष्कासन गरेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ ।