शेयर बजारमा करेक्सन, नेप्से १७.७९ अंकले घट्यो

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित




काठमाडौं, १३ माघ । नयाँ नयाँ रकेर्ड कायम गर्दै आएको शेयर बजारमा आज भने करेक्सनको स्वरुप देखिएको छ । नेप्से आज दोहोरो अंकले घटेको हाे ।

नेप्से ०.७३ प्रतिशतले घटेको हो । नेप्सेका अनुसार आज नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा रहेको छ । सेन्सेटिभ परिसूचक ४.५८ अंकले घट्दा ४४७.२४ अंकमा पुगेको छ ।

आज २०७ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२ वटा उपसमूहको कारोबार भएकोमा १० वटामा रातो देखिएको छ । बाँकी दुईमा मात्रै हरियाली छाएको हाे । आज होटल समूह र फाइनान्सको शेयर बढेको छ । बैकिङ, ट्रेडिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, उत्पादन, नीर्जिवन बीमा, माइक्रोफाईनान्स, जीवन बीमा म्युचुअल फण्डको शेयर घटेको हो ।

कारोबारको आधारमा लिने हो भने नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसको कारण, कम्पनीको माघ १३ गतेसम्म कायम भएका शेयरधीनले मात्रै लाभांश पाउने भएकोले सबैभन्दा बढी कारोबार भएको हो ।

आज नेपाल बैंकको २५ करोड, शिखर इन्स्योरेन्सको २३ करोड, पुनर्बीमा कम्पनीको २० करोड, नागरिक लगानी कोषको १६ करोड, नेपाल टेलिकमको १६ करोड, सनराई बैंकको १५ करोड तथा नबिल बैंकको १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।