सानिमा क्यापिटलको लार्ज क्याम्प फण्ड: कतिले गरे आवेदन ?

-



     सफल आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ माघ । सानिमा क्यापिटलले जारी गरेको सानिमा लार्ज क्याम्प फण्डका लागि ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ ।

सानिमा क्यापिटलका अनुसार मंगलबार बेलुकासम्म ६३ हजार २९१ जना आवदेकबाट ९ करोड १३ लाख ७१ हजार २ इकाईमा आावेदन परेको छ । माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्डको १० करोड इकाई बिक्री खुला गरिएको थियाे ।

फण्डको १५ प्रतिशत, यसले हुन आउने १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको सानिमा बैंकको लागि सुरक्षित रािखएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुलाईएको हो ।

प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको सानिमा क्यापिटलले जनाएको छ । घटीमा १०० देखि १ करोड इकाईका लागि आवेदन गर्न सकिने भएकोले आवेदन दिने अवधि माघ २६ गतेसम्म रहेको छ ।

सानिमा क्यापिटल सानिमा बैंकको स्वामित्वको एक सहायक कम्पनी हो । फण्डका अनुसार माग गरेभन्दा बढी आवेदन परेको खण्डमा माघ २६ अगाडी नै आवेदन लिन बन्द गरिने भएको छ ।