प्रभु बैंकले गर्यो आकर्षक प्रगति, ६ महिनाकाे मूनाफा डेढ अर्ब

-



     सफल आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ माघ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ । बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकहरुमा सुधार देखिएका छन् ।

बैंकले ६ महिनामा खुद नाफामात्रै ३९.८७ प्रतिशतले बढाएको छ । यस अवधीमा प्रभुले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

प्रभुको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ । कर्जा २६.८२ अंकले वृद्धि भएको छ । रिर्पोर्टअनुसार बैंकले ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।