काठमाडौं, १४ माघ । साताको चौथो दिन बुधबार आज शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ ।
नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेर रोकिएको छ । नेप्से ०.७७ प्रतिशतले बढेको छ । सेन्सेटिभ पसिूचक ०.८६ अंकले घटेर ४४६.३८ विन्दुमा रहेको छ ।
आज २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ । उक्त शेयर खरिदबिक्रीबाट ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज १२ वटा उपसमूहमध्ये ५ उपसमूहमा हरियाली छायो भने बाँकी ७ मा रातो लागेको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
आज शेयर घटेका उपसमूहमा बैंकिङ, होटल, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा अन्य रहेका छन् । ट्रेडिङ, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र सामूहिक लगानी कोष उपसमूहको शेयर बढेको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



