
काठमाडाैं, १४ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ शुक्रबार नै बाँडफाँड हुने भएकाे छ । निफ्राको आईपीओका लागी आबेदन दिएका सबैले ५० कित्ता सेयर पाउने भएका छन।
निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले आईपीओ शुक्रबार नै बाँडफाँड गर्ने तयारी गरिएको जानकारी दिए ।
मर्चेन्ट बैंकर एशोसिएनसका अध्यक्ष समेत रहेका थापाले दिएकाे जानकारी अनुसार केही आबेदकले ६० कित्ता पनि सेयर पाउनेछन ।
यसअघि शनिबार भनिएकोमा सबै प्रक्रिया सम्पन्न भएकाले शुक्रबार नै बाड्न लागिएको उनले जानकारी दिए । ‘शनिबार बाड्ने तयारी थियो, सबै काम सकिएकाले शुक्रबार नै बाड्ने निर्णय भएको छ’ थापाले भने ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



