४ करोडको आईपीओ जारी गर्दै महिला लघुवित्त, कहिलेदेखि खुल्छ आवेदन ?

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



काठमाडौं,१५ माघ । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ ।

बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
बोर्डबाट स्वीकृत भए पनि कहिलेदेखि निष्काशन गर्ने भन्ने संस्थाले निर्णय गरिसकेको छैन । सम्भवतः यहिँ महिनामा आईपीओ जारी गर्ने महिला लघुवित्त वित्तीय संस्था श्रोतले बताएको छ ।