आजको दुनियाँमा किन विश्वव्यापीकरण आवश्यक?

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



पेचिङ, १५ माघ । केही समययता केही मान्छेले महामारीलाई अर्थतन्त्रको विश्वव्यापीकरणको विरोध गर्ने निहुँ बनाएका छन्। तर वास्तविक कुरा महामारीको नियन्त्रण गर्न विश्वव्यापरीकरणमा भर पर्नु हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङफले विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा दिएको विशेष सम्बोधनजस्तै अर्थतन्त्रको विश्वव्यापीकरण सामाजिक उत्पादक शक्तिको विकासका लागि उद्देश्य आवश्यक र वैज्ञानिक तथा प्राविधिक प्रगतिको आवश्यक नतिजा हो। महामारीको प्रयोग गरेर विश्वव्यापीकरणको विरोध, बन्द र विभाजन गर्नु कसैको पनि हित अनुकुल छैन।

विश्व अर्थतन्त्र मञ्चबाट प्रकाशित विश्व जोखिम प्रतिवेदन २०२१ का  अनुसार, महामारीले लाखौँलाख व्यक्तको ज्यान गुमाउनुका साथै विश्वमा धनी-गरिब बीचको अन्तर र सामाजिक विभाजनलाई पनि बढाएको छ।  न्युयोर्क टाइम्सबाट प्रकाशित लेखका अनुसार, खोपले मानिसलाई आशा दिनुका साथै विश्वको अर्थतन्त्रलाई मन्दीको प्रकोपबाट मुक्त गरेको छ। तर केही विकासोन्मुख मुलुकलाई पछाडि धकेल्ने खतरा देखापरेको छ।

आजको दुनियाँमा किन विश्वव्यापीकरण आवश्यक?_fororder_222

त्यसैले अझ खुला तथा सहिष्णु विश्वव्यापीकरण वर्तमान विश्वका लागि अति आवश्यक छ।  चीनले सधैं अर्थतन्त्रको विश्वव्यापीकरणलाई समर्थन गर्दै आएको छ।

हालसम्म चीनले १५० भन्दा बढी देश र १३ अन्तर्राष्ट्रिय संगठनलाई महामारी नियन्त्रणमा सहायता दिनुका साथै विभिन्न देशमा ३६ चिकित्सा टोली ठाएर खोपको अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय समर्थन गर्दै भाग लिएको छ।

विकासको असन्तुष्टितामा चीनले वैदेशिक खुलापन नीतिलाई लागु गरेर विश्व उद्योग शृङ्खला तथा तथा आपूर्ति शृङ्खलाको स्थिरताको सुरक्षा गरेको छ। साथै चीनले खुलापनलाई नीति, नियम मापदण्डलगायत अझ उच्चस्तरमा उकासेको छ। जसले विभिन्न देशको सहर्कायलाई अझ बढी अवसर दिनुका साथै विश्व अर्थतन्त्रको पुनर्त्थान र वृद्धिमा अझ बढी शक्ति थपेको सिआरआइले लेखेको छ ।