
काठमाडाैं, १५ माघ । नेपाल राष्ट्र बैंकले क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न क्वीक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रबर्धन तथा नियमन गर्न क्युआर कोडको फ्रेमवर्क तथा गाइडलाइनको मस्यौदा तयार गरेको हो ।
कोभिड–१९ को प्रकोपका कारण नेपालमा अनलाईन भुक्तानी तथा खरिद गर्नेको संख्या वृद्धि भइरहेको छ । कारोबारलाई नगद रहित बनाउने अभियानमा राष्ट्र बैकं लागिपरेको छ ।
२०७७ पुस १० गते नक्साल तरकारी बजारमा क्यूआर कोड भुक्तानीकाे शुभारम्भ गर्दैैै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताएका थिए ।
पछिल्लो समय विभिन्न बैंकहरुले पनि क्यूआर सेवा विस्तारमा जोड दिइरहेका छन् । क्यूआर सेवालाई नियमन तथा सुर्धिढिकरण गर्न राष्ट्र बैंकले क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरेकाे बताएकाे छ । राष्ट्र बैंकले जारी मस्यौदाकाे अध्ययन गरी माघ ३० गते भित्र सुझाव सल्लाह दिन समेत आग्रह गरेको छ।
सो मस्यादामा उल्लेख भएअनुसार अनुमति पाएका पेमेन्ट सर्भिस अपरेटरले मात्र क्यूआर स्कीम तथा नेटवर्क संचालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यस्तो नेटवर्कमा कारोबार र भुक्तानी कार्य सदस्यहरुबिच हुनसक्ने प्राबधान राखिएको छ ।

क्यूआर प्रयोग गर्ने र भुक्तानी गर्ने संस्था अर्थात मर्चेन्टको नियुक्ती र जारी गर्नका लागि भने अनुमति पाएका वित्तीय संस्थाहरु तथा पेमेन्ट सर्भिस प्रोभाइडरहरु अर्थात वालेट कम्पनीहरुले मात्र गर्न सक्नेछन् । क्यूआर भुक्तानीमा ग्राहकहरुसँग कुनै शुल्क लिन नपाईने प्रावधान कडाईका साथ पालना गर्नुपर्ने गाइडलाइनमा उल्लेख छ ।
क्यूआर भुक्तानी तथा कारोबारका लागि नेटवर्कमा सहभागी हुन पाईने प्राबधान, क्यूआर एपको सुरक्षा तथा सेक्यूरिटी अडिट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था, नेटवर्कमा भएका संस्थाहरुबिचको सेटलमेन्ट लगायतका विषयहरु राखिएको छ ।
त्यसैगरि अहिलेका अनुमति प्राप्त वालेटहरुले क्यूआरमा आधारित भुक्तानीलाई नेपाल क्यूआर मापदण्डअनुसार तत्काल सबै नेटवर्कमा प्रयोग गर्न सकिने अन्तरसञ्जाल संचालन हुने किसिमको बनाउनु पर्नेछ । यसका साथमा राष्ट्र बैंकले ‘नेपाल क्यूआर’को विशेषताहरु र त्यसलाई पुरा गर्न पालना गर्नुपर्ने आधारहरु समेत सार्वजनिक गरेको छ ।
सम्पुर्ण जानकारी तलकाे लिंकमा हेर्नुहाेस :






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



