समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



सारा हुसेन, टोकियो, १५ माघ । समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।

अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु (ओसियानिक ह्वाइटटिप) रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ । यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् ।

यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय (एसएफयु) का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताए । उनले भने, “यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।” अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भने , “यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।”

“हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनहरुबाट आएका ती सूचनाहरु धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो” एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताए । नेचर नामको जर्नलमा प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ । यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ ।

यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भने, “तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।” अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाईमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो संख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन । पचौडाले भन्नुभयो, यो नतिजाले विज्ञहरुलाई निकै चिन्तित बनाएको छ ।