२६ बैंकले ६ महिनामा कमाए २९ अर्ब ३२ करोड मूनाफा, कुन बैंकले कति कमाए ? (सूचीसहित)

-



     सफल आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ माघ । चालु आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ‘क’ वर्गका बैंकहरुले २९ अर्ब ३२ करोड ४३ लाख ७२ हजार रुपैयाँ मूनाफा कमाएका छन् । दोस्रो त्रैमासको वित्तीय विवरण राष्ट्रिय वाणिज्य बैंक बाहेकका सबै बैंकहरुले सार्वजनिक गरेका छन् ।

२६ वाणिज्य बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार समग्रमा ६७ करोड ७७ लाख ८७ हजार रुपैयाँले मुनाफा घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।
अध्यक्ष दाहालले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ वाणिज्य बैंकहरु (राष्ट्रिय वाणिज्य बैंकबाहेक) को मुनाफा २९ अर्ब ३२ करोड ४३ लाख ७२ हजार रुपैयाँमात्रै देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने बैंकहरुले ३० अर्ब २१ लाख ५९ हजार रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।

हेर्नुस् कुन बैंकले कति कमाए ?

Name of Bank 2077/78 (2nd) Rs.’000′2076/77 (2nd) Rs.’000′
Global IME Bank  2,315,119  1,685,907
NIC Asia Bank  2,060,538  2,016,226
Nabil Bank  2,016,022  2,041,862
Prime Commerical Bank  1,813,330  1,300,787
NMB Bank  1,613,971  1,092,787
Nepal Investment Bank  1,586,609  1,666,112
Prabhu Bank  1,518,683  1,085,776
Nepal Bank  1,350,423  1,352,397
Agricultural Dev Bank  1,321,689  1,581,727
Mega Bank  1,304,472  950,205
Kumari Bank  1,216,558  803,011
Sanima Bank  1,062,796  1,147,465
Everest Bank  961,904  1,509,830
Sunrise Bank  949,412  944,388
Nepal Bangladesh Bank  941,256  807,778
Siddhartha Bank  918,740  1,026,549
Citizens Bank  875,194  687,701
Laxmi Bank  807,117  903,029
Machhapuchchre Bank  802,774  821,850
Standard Chartered Bank  727,638  1,226,913
Bank of Kathmandu Bank  708,511  883,817
Himalayan Bank  653,268  1,742,406
Nepal Credit & Commerce Bank  614,004  756,348
Nepal SBI Bank  514,860  1,000,752
Century Bank  466,599  650,287
Civil Bank  202,885  316,247
Rastriya Banijya Bank  –    –  
TOTAL  29,324,372  30,002,159