
याङगुन, १६ माघ । म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो । सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत शनिबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, स्वयमसेवीलगायतलाई भने बुधबारदेखि नै खोप लगाउन थालिएको थियो ।
म्यानमारले देशभरी सबै अत्यावश्यकपर्ने र उच्च जोखिममा रहेकालाई लगाएपछि आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । म्यानमारको प्रतिनिधिसभा बैठक आगामी सोमबार बस्ने तय भएको अधिकारीले जनाएका छन् ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




