सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक कसरी बन्यो चीन ?

- सन् २०२० मा चीनकाे १ खर्ब ६३ अर्ब अमेरिकी डलरको विदेशी लगानी

-



     सफल आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित



बेजिङ, १७ माघ । संयुक्त राष्ट्र संघ व्यापार तथा विकास सम्मेलनमा‘विश्व लगानी प्रवृत्ति अनुगमन’ प्रतिवेदन प्रकाशित भएको छ। सो प्रतिवेदन अनुसार, सन् २०२० मा चीनले १ खर्ब ६३ अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गरेर सन् २०१९ को तुलनामा ४ प्रतिशतले वृद्धि हुनुका साथै यो संख्या विश्व कूल विदेशी लगानीको १९ प्रतिशत रहेको छ। चीन अमेरिकालाई नाघेर विश्वमा सबभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक पनि बनेको छ। सन् २०२० मा विश्व नकारात्मक अर्थव्यबस्थामा चीनको विदेशी लगानी परिमाण पहिलो स्थानमा पुगेको र आकस्मिक पक्कै उत्पन्न भएको अवस्था हो?

#समाचार सन्दर्भ# सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक चीनः नेपाललाई पनि अनुभव_fororder_6

उक्त प्रतिवेदन प्रकाशित भएपछि बेलायती रोयटर समाचार समितिले जनाए अनुसार, विश्व दोस्रो ठूलो आर्थिक समूहको रूपमा चीनको अर्थतन्त्र पुनःरूत्थान भएकाले “सबैलाई आश्चर्य लागेको” र यसमा चीनले विदेशी लगानी भित्र्याउने मुख्य विषय रहेको छ। अमेरिकी केबल समाचारको रिपोर्टमा चीन सन् २०२० मा विश्वमा सबभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक बन्नुको मुख्य कारण चीनले कोभिड-१९ माथि लगाएको गम्भीर प्रतिरोध कदम हो। केही वर्षयता नेपालले पनि विदेशी लगानी भित्र्याएर आन्तरिक आर्थिक वृद्धिलाई प्रबर्द्धन गर्दै आएकाले यस क्षेत्रमा चीनका केही अनुभव नेपालले अपनाउन सक्छ।

#समाचार सन्दर्भ# सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक चीनः नेपाललाई पनि अनुभव_fororder_5

सन् २०२० मा कोभिड-१९ महामारी फैलिएको पृष्ठभूमिमा, सशक्त महामारीको नियन्त्रणबाट आर्थिक पुनःस्थापना गर्न आवश्यक छ। गत वर्षको आरम्भमा चीनमा महामारी सबभन्दा गम्भीर भएको हुपै वुहान सहरलाई लकडाउन गरेर चीनका अरू क्षेत्रमा सरकारले नागरिकको भीडभाड, आवतजावत रोक्न आह्वान गरेको थियो। यसका साथै ठूलो तथ्याङ्क, कृत्रिम बुद्धिमत्ता,फाइभजी आदि नयाँ प्रविधिमार्फत महामारी नियन्त्रण कदममार्फत,चीनले करिव दुई महिनामा महामारी फैलिएको प्रवृत्तिलाई रोकिसकेको थियो। चीनले छोटो समयमा महामारीको रोकथाम गरेकोले पुनःउत्पादन गर्न दरिलो जग बसालेको छ।

#समाचार सन्दर्भ# सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक चीनः नेपाललाई पनि अनुभव_fororder_4

सन् २०२० को फेव्रअरी ३ तारिख,चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको अध्यक्षता गर्दै महामारीको नियन्त्रण गरेको पूर्वशर्तमा विभिन्न व्यवसायको पुनःशुरू तथा पुनःउत्पादनलाई अघि बढाउने आदेश दिनुभएको छ। गत वर्षको मेइ १८ तारिखसम्म चीनमा ठूला व्यवसायको पुनःउत्पादन दर ९९.१ प्रतिशत भएर मध्यम र साना व्यवसायको पुनःउत्पादन दर ९१ प्रतिशत पुगेको छ। सन् २०२० को दोस्रो त्रैमासिकदेखि चीनको डीजीपी वृद्धि दर ऋणात्मक देखि धनात्मक बनेको छ भने विश्वमा एक मात्रै आर्थिक धनात्मक वृद्धि भएको मुख्य आर्थिक समुह रहेको छ। समयमै पुनःउत्पादन गरेकोले चीनको वार्षिक आर्थिक वृद्धिलाई आधार दिनुका साथै आर्थिक वृद्धिबाट विदेशी लगानी आर्षित गरेको हो।

चीनमा एउटा पुरानो भनाइ छः रूख रोपेर फिनिक्सलाई आकर्षित गर्नुपर्छ। विदेशी लगानी चीनमाथि रहेको आकर्षक वृद्धि भएको दीर्घकालीन क्रम हो, यसमा चीनले निरन्तर रूपमा उच्च स्तरीय खुलापनलाई कायम राखेको तथा लगानी वातावरणलाई सुधार पारेको प्रयाससँग छोडिएको छैन। भर्खरै जनवरी २७ तारिख चीनमा ‘विदेशी व्यवयास लगानी सकिने व्यवसाय सूची(२०२०)’ औपचारिक रूपमा लागू गरेर सन् २०१९ संस्करणको तुलनामा १२७ सूची थपिएका छन्। यसबाट चीनका अझ बढी नयाँ क्षेत्र विदेशी लगानीतिर खुला हुने बुझिएको छ। भविश्यमा विदेशी व्यवसायले चीनमा अझ बढी विकसित अवसर ग्रहण गर्ने छन्।

#समाचार सन्दर्भ# सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक चीनः नेपाललाई पनि अनुभव_fororder_2

सन् २०२० चीनले कोभिड- १९ को नियन्त्रण गर्नुका साथै आर्थिक सामाजिक विकासलाई पनि विदेशी पूँजीले विश्वास गरेको छ। केही वर्षयता चीनले खुलापनलाई विस्तृत गरेको र व्यापारिक वातावरणलाई सुधार जारी राखेकाले अवसर समातेर विश्व सबभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक बनेको हो। नेपालमा केही वर्षयता लगानी क्षेत्रलाई खुला गर्ने, विदेशी पूँजी नेपालमा न्युनतम् लगानी रकमको सीमितलाई स्थगन गर्ने आदि तरिकाबाट विदेशी लगानी भित्र्याएको छ। महामारीको पृष्ठभूमिमा, कोभिड-१९ को रोकथाम र नियन्त्रण आर्थिक विकासको पूर्वशर्त हो। चीनले आफ्नो वचनबद्धताको पालना गरी चिनियाँ खोप विश्व सार्वजनिक उत्पादनको रूपमा सर्वप्रथम विकासोन्मुख मुलुकलाई प्रदान गर्ने नेपाललाई महामारीको कठिनाइको सामना गर्नेछ। महामारीपछि नेपाल यस्तो निहीत शक्ति रहेको रूखले विश्वका सुनौलो फिनिक्सलाई आकर्षित गर्ने सिआरआइले जनाएकाे छ ।