मुद्रा सटही व्यवसायीको अध्यक्षमा मिश्र

-



     सफल आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ माघ । मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा दिपकराज पौडेल, सचिवमा संगीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सवु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित भएको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पर्यटकलाई सेवा दिन दैनिक १८ घन्टासम्म तयार रहने मुद्रा सटही व्यवसायीहरु कोभिडका कारण प्रत्यक्ष मारमा परेको बताए । अहिलेको विषम परिस्थितीमा कति पनि विचलित नभई आफ्नो व्यवसाय सुचारु गर्न आग्रह उनले व्यवसायीलाई आग्रह समेत गरे ।

संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले बोलेका थिए ।