सिभिल बैंककाे साधारण सभा फागुन ९ मा, के छन् एजेण्डा ?

-



     सफल आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ माघ । सिभिल बैंकको साधारण सभा फागुनको ९ गते बोलाईएको छ । बैंकको १० औं साधारण सभा सुन्धारास्थित केन्द्रीय कार्यालयमा अनलाइनमार्फत बोलाईएको बैंकले जनाएको छ । सभा फागुन ९ गते पूर्वान्ह ११ वजे शुरु हुनेछ ।

साधारण सभामा संचालक समितिले प्रस्ताव गरेको गत वर्ष बैंकले आर्जन गरेको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगदसहित लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । यस्तै सभामा कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्वीजिसनम जाने भए त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विषय पनि लगिने भएको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७६/२०७७ को नाफा नोक्सान, वासलात, नगद प्रवाह लगायतका विषयमा छलफल गरी पारित गरिने भएको छ । सभाका लागि माघ २३ गतेदेखि बुक क्लोज हुने भएको छ । सभामा भाग लिन तथा लाभांश सुरक्षित गर्नका लागि माघ २२ सम्म कायम भएका बैंकका शेयरधनीहरु मात्रै योग्य हुनेछन् ।