
काठमाडौं, १८ माघ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आइपीओ माघ २३ गतेदेखि निष्काशन हुने भएको छ । ग्रीन लाईफले १९.४२ प्रतिशत शेयर निष्काशन गर्ने स्वीकृति पाएसंगै ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रुपैयाँ १०० अंकित ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै ६९ हजार ९२८ कित्ता शेयर कर्मचरीहरुका लागि र ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
शेयर लगानीकर्ताहरुले माघको २७ गतेसम्म शेयरका लागि आवेदन गर्न सक्ने भएका छन् । उक्त मितिसम्म माग भए बमोजिमको आवदेन नपरे फागुन ७ गतेसम्म आवेदन दिन सक्ने समय रहने छ । ग्रीनलाईफ हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट तोकिएको छ ।
कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिका माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी जम्मा गरेर ४० मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीको २०७८ वैशाखदेखि व्यवसायीक विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



