बहुपक्षबादको संरक्षण र कार्यान्वयन गर्न आह्वान

-



     सफल आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित



बेइजिङ, १८ माघ । विश्व आर्थिक मञ्च अनलाइन तबरले ‘डाभोस एजेन्डा’ वार्ता आयोजना भएको छ। बहु मुलुकका नेताले सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले ऐक्यबद्ध भएर बहुपक्षबादको संरक्षण तथा कार्यान्वयन गरी कोभिड महामारी तथा आर्थिक मन्दी लगायत विश्वव्यापी देखा परेका चुनौतीको संयुक्त सामना गर्न आह्वान गरे ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले सम्बोधन गर्दै भने, विश्व व्यापार तथा लगानी वातावरणको खुलापन, स्थिरतालाई प्रत्याभूति गर्न तथा दिगो र सहनशील विश्व आर्थिक पुनरूत्थानलाई अघि बढाउनको लागि दक्षिण कोरियाले बीस मुलुक समूहका सदस्यसँगै मिलेर बहुपक्षबादी सहयोगलाई व्यवहारमा उतार्ने अपेक्षा गरेको छ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फेर्नान्डेजले भने, वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा आफ्नो देशको विकास तथा अन्तर्राष्ट्रिय सहयोग नमूनाको पुनः विचार गर्नुपर्छ। विश्वमा बहुपक्षबादमार्फत् वर्तमान चुनौतीको सामना गर्नुपर्छ।

जर्मनीका चान्सलर अन्गेला मर्केलले पुष्टि गर्दै भनिन, जर्मनी लगायत युरोपेली संघका सदस्य मुलुकको आर्थिक पुनरूत्थान नीतिको तर्जुमा गर्दा विकासोन्मुख मुलुकसँगको सहयोगलाई बढाउनुपर्छ। व्यापार क्षेत्रमा विश्व व्यापार संगठन मुख्य स्थानमा रहेको छ । साथै ‘क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धि’को हस्ताक्षर पनि आकर्षित उपलब्धि हो।

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले सम्बोधन गर्दै काेराेनाकाे कारण वर्षभरि मानवजातिले दुःख र संकटको अनुभव गरिसकेको छ र हालसम्म गम्भीर परीक्षा भइरहेको बताए ।

अन्तर्राष्ट्रिय समाजले एउटा शक्तिशाली बहुपक्षबादी प्रणाली भएको बहुध्रुवीय संसारको निर्माण गर्नुपर्छ र अन्तर्राष्ट्रिय कानुनको व्यापक आदर गर्ने पूर्वार्द्धमा विश्वको अर्थतन्त्रको संयुक्त विकास गर्नुपर्छ भन्रे नेताहरूकाे भनाइ थियाे।