आशा लघुवित्तले कमायो ७ करोड १६ हजार नाफा

-



     सफल आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ माघ । आशा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमासमा उक्त मुनाफा कमाएको जनाएको छ । गएको वर्ष संस्थाले २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु वर्षको नाफालाई हेर्दा आशा लघुवित्तले १५८.५६ प्रतिशतले नाफा कमाएको देखिन्छ । संस्थाको खुद ब्याज आम्दानी ४१.३५ प्रतिशत रहेको छ भने संचालन मुनाफा ५९१.९६ प्रतिशत रहेको छ । गएको वर्षमा संस्थाले ८ करोड २६ लाख खुद ब्याज आम्दानी गरेकोमा यस वर्षको सोहि अवधिमा ११ करोड ६८ लाख पुगेको जनाएको छ । संस्थाको संचालन नाफा १ करोड ३१ लाखबाट बढेर ९ करोड १० लाख पुगेको छ ।

संस्थामा चुक्ता पूँजी २६ करोड ७१ लाख रहेको छ । संचित कोषमा ११ करोड ६५ लाख तथा खराब कर्जा ३.९४ प्रतिशत रहेको छ ।