
काठमाडौं, १८ माघ । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् ।
कारोबार रकम भने करिब ९ अर्ब नजिक पुगेको छ । दिनभर भएका ९६ हजार १ सय ५६ कारोबारबाट १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि कम्पनीहरुको शेयर मूल्य भने वृद्धि भएको छ ।
सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । प्रभु लाइफको ९.९३ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । एभरेष्ट इन्स्यारेन्सको संस्थापक शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।
आइतबार सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । रिलायन्स फाइनान्सको ८.३० प्रतिशत अर्थात २१ रुपैयाँले शेयर मूल्य घटेर २ सय ३२ रुपैयाँमा झरेको छ । धेरै गुमाउने दोस्रोमा भने गोर्खाज फाइनान्सका लगानीकर्ता देखिए । गोर्खाजको शेयर मूल्य ७.८३ प्रतिशत अर्थात ३६ रुपैयाँले घटेर ४२४ रुपैयाँमा झरेको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



