राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको मनपरी विरुद्ध नेप्सेको ‘एक्सन’

- वित्तीय विवरण नबुझाएको भन्दै दुबै कम्पनीको शेयर कारोबार रोक्का

-



     सफल आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको मनपरी विरुद्ध नेपाल स्टक एक्सचेञ्जले ‘एक्सन’ लिएको छ । लामो समयसम्म वित्तीय विवरण नबुझाएपछि नेप्सेले यी दुबै कम्पनीको शेयर कारोबार नै रोक्का गरिदिएको छ ।

नेप्सेले आइतवार विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । यी दुवै कम्पनीले नेप्सेले माग गरे बमोजिमको वित्तीय विवरण पेश नगर्दा कारोबार रोक्का गरिएको हो ।

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र पेश गरिसक्नुपर्ने व्यवस्था छ ।

हेर्नुस् नेप्सेकाे पत्र :