काठमाडौं, १९ माघ । केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने बताएको छ । बैंकको उपदान तथा पेन्सन लगायतका कोषहरुमा भएको रकम २०७७ साल फागुन २ गतेदेखि २०७८ साल फागुन १ गतेसम्म १ वर्ष अर्थात ३६५ दिनका लागि मुद्धती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो ।
बैंकले एक सूचना जारी गरेर वाणिज्य बैंकको मुद्धती निक्षेपमा ८ करोड ३९ लाख, विकास बैंकतर्फ १ करोड ५७ लाख तथा वित्तीय कम्पानीहरुतर्फ ५२ लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।
बैंकका अनुसार निर्दिष्ट गरिएको प्रक्रिया अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकमका लागि ब्याजदर पनि खुलाएर आवेदन दिनुपर्ने छ । बैंकले आवेदन गर्नका लागि माघ २० गते दिउँसो २ सम्मको समयावधि तोकेको छ ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



