काठमाडौं, १९ माघ । साताको दोश्रो दिन आज नेप्से परिसूचक ३७.७० अंकले बढेको छ । यसरी बढेको नेप्से २४०८.२४ विन्दुमा पुगेर रोकिएको छ । नेप्से १.५९ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढेको छ भने ४३७.२८ अंकमा पुगेको छ ।
आज २०३ कम्पनीको १ करोड ३२ लाख ४७ हजार ६६४ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९४ करोड ४९ लाख ७ हजार ३३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२ उपसमूहमध्ये म्युचुअल फण्ड र काइक्रोफाइनान्स मा रातो लागेको छ भने बाँकी सबैमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ८ वटा कम्पनीहरु सेञ्चुरी कमर्सियल बैंंक, प्रोग्रेशिभ फाईनान्स, पोखरा फाईनान्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल्स, तारागाउँ रिजेन्सि तथा बेष्ट फाईनान्स लिमिटेडको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको देखिएको छ ।








काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



