पूर्व सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

-



     सफल आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० माघ । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयमा सचिव तथा गृहसचिवको अनुभव बटुलेका सिलवालको बीमा क्षेत्रको अनुभव भने पहिलो हुने भएको छ । सिलवाललाई बीमा समितिको अध्यक्षका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेपछि उनलाई समितिको अध्यक्ष बनाउने निर्णय भएको हो ।
पुस महिनाबाट चिञ्जीवी चापागाईको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो । अध्यक्षका लागि ४ बढी व्यक्तिको दौडधुप भएपनि अन्ततः सिलवाल अध्यमा नियुक्त हुन सफल भएका छन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति उनको अनुभव बाहिरको क्षेत्र हाे । उनको समीतिमा अबकाे क्रियाशिलता कस्तो हुन्छ त्यो भने पर्खिनु पर्ने भएको छ ।