बीबीए र बीबीए-बीआई पढ्न नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज उत्कृष्ट

-


     सफल आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित


पोखरा, २० माघ । ब्याचलर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बै‌किङ एण्ड इन्स्योरेन्स (बीबीए बीआई) व्यवस्थापकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी कोर्स हो । विश्व भूमण्डलीकरणले संसारलाई सानो गाउँका रुपमा परिणत गरिदिएको छ ।

जानकारहरुका अनुसार हरेक क्षेत्रका लागि कुशल व्यवस्थापक उत्पादन गर्ने एउटै कोर्स हो–ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बै‌किङ एण्ड इन्स्योरेन्स (बीबीए बीआई) । नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी व्यवस्थापन क्षेत्रमा काम गर्न चाहना राख्नेका लागि बीबीए निर्विकल्प विषय भएको बताउँछन् ।

सूचना, सञ्चार र प्रविधिको विकाससँगै रोजगारीका नयाँनयाँ अवसर सिर्जना भइरहेका छन् । उद्योग, कलकारखाना होस् वा वित्तीय क्षेत्र हरेकमा व्यवस्थापनको लागि दक्ष जनशक्ति चाहिन्छ नै ।

सन् १९९९ मा बीएचएम, २००४ मा बीबीए र २००९ मा बीबीए बीआई अध्यापन सुरु गरेको यस कलेजले आउँदा दिनमा थप कार्याक्रमहरु थप्र्ने योजना बनाएको छ ।

प्रिन्सिपल प्रकाश रेग्मी ।

‘व्यवस्थापनका विभिन्न कोर्समध्ये बीबीए सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गर्ने र व्यवस्थापकीय सीप सिकाउने विषय हो,’ उनी भन्छन्, ‘प्रविधिमैत्री वातावरणमा रहेर यो विषय अध्ययन गर्ने विद्यार्थीले व्यावहारिक क्षमता र सीप सिक्न पाउँछन्’ ।

बीबीए सकेलगत्तै बैंक, बिमा कम्पनी, कर्पोरेट अर्गनाइजेसन, वित्तीय संस्थालगायत क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै आफैं पनि कुनै व्यवसाय सञ्चालन गर्न सक्ने गरी स्वावलम्बी बन्न सक्ने रेग्मीको भनाइ छ ।

बैंक, वित्तीय संस्था, बिमा कम्पनी तथा कर्पोरेट संस्थाको संख्यामा आएको वृद्धिसँगै यस्ता जनशक्तिको माग पनि उसैगरी बढेको छ । बीबीए अध्ययनपछि सहज रुपमा रोजगारीको अवसर सिर्जना हुने हुँदा अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्रमा बीबीए र बीबीए बीआई छ । बीबीएको अध्ययन गरेका विद्यार्थीमा सही समयमा सही निर्णय लिने सक्ने क्षमता हुने विभिन्न अध्ययनमा पाइएको छ ।

पढाइ पूरा हुनासाथ औद्योगिक–व्यावसायिक प्रतिष्ठान तथा सरकारी सेवामा समेत राम्रो अवसर पाउने हुँदा विद्यार्थीको आकर्षण बढेको छ । हाल बैंक, कर्पोरेट संस्था, वित्तीय संस्था, बिमा कम्पनीहरुले बीबीए र बीबीए बीई उत्तिर्ण विद्यार्थीहरु आफूहरुसँग माग्ने गरेको रेग्मीको अनुभव छ ।

व्यवस्थापन संकायबाट मात्र नभई विज्ञान र मानविकी संकायबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी पनि बीबीएमा भर्ना हुन पाउँछन् । कम्तीमा सबै विषयमा डी प्लस ल्याउन सफल विद्यार्थीले कलेजमा आवेदन फर्म भर्न सक्छन् ।

हरेक वर्ष यस कलेजले बीबीएमा ४८, बीबीएबीआईमा ४८ र बीएचएममा ९६ जना विद्यार्थी भर्ना गर्छ । बीबीए चार वर्ष वा आठ सेमेस्टरको कोर्स भएकाले यसको मान्यता संसारभर समान छ ।

रेग्मी भन्छन्, ‘बीबीए अध्ययनमा विद्यार्थीलाई हरेक वर्ष प्रोजेक्ट वर्क र सेमिनारमा सहभागी गराइने भएकाले अनुभवी विद्यार्थीको उत्पादन हुन्छ ।’

बीबीएमा ४० भन्दा बढी विषय भएकाले विद्यार्थीले रोजेर फराकिलो ज्ञान हासिल गर्न सक्छन् । यसले विद्यार्थीको व्यक्तिगत विकासदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ज्ञान दिने जानकारहरुको भनाइ छ ।

पढाइको क्रममा हुने इन्टर्नसीपमा विद्यार्थीलाई प्रतिष्ठित व्यापारिक संघ, संस्थाहरु, बैंक, इक्सुरेन्स कम्पनीहरु, कर्पोरेट हाउसमा व्यवस्था गरिन्छ । कतिपय विद्यार्थीहरुले इन्टर्नसीप लगत्तै सोही संघ संस्थामा रोजगरीको अवसर पाएका छन् ।

हाल भर्नाको आवेदन खुलेकोले विद्यार्थी तथा अभिभावकलाई कलेजमा आई सम्बन्धित प्रोग्राम को–अर्डिनेटरसँग भेटी आवश्यक परामर्श लिन कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले सुझाव दिएका छन् । उनका अनुसार माघ २९ मा हुने प्रवेश परीक्षा हुनेछ ।

हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेका छाैं : पालिखे

हामीहरुले पोखरामा होटल म्यानेज्मनेन्ट कलेज खोलेसँगै विदेश पढ्न जानुपर्ने बाध्यताको अन्त्य भयो । शैक्षिक गुणस्तरीयता र व्यावसायिक प्रतिष्पर्धामा समर्पित यस कलेजले विद्यार्थीको लागि धेरै सुविधा प्रदान गरेको छ । नाफाभन्दा सेवामूलक ध्येयका साथ खोलिएको हुँदा स्थापनापछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । वर्षेनी विद्यार्थीको माग बढिरह्यो ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले विभिन्न क्षेत्रमा सजिलै रोजगारको अवसर पाउँछन् । सफल उद्यमी बन्न सक्छन् । हामीहरुकहाँ बीएचएमसहित बीबीए र बीबीए–बीआईको पढाइ पनि गुणस्तरीय छ भन्ने कुरा हरेक वर्षको नतिजाले बताउँछ । विद्यार्थीको आत्मबल बढाउन तथा व्यवहारिक सीप सिकाउन ठूलो लगानी गरेका छौं ।

पर्याप्त भौतिक सुविधा छ । गुणस्तरीय शिक्षाका लागि अन्य विभिन्न सुविधा दिएका छौं । आगामी दिनमा मास्टर्स लेवलको कोर्स पढाउने उद्देश्य छ । विद्यार्थीलाई जीवनोपयोगी र व्यवहारिक शिक्षण सिकाइमा हामीहरु दिनरात लागिपरेका छौं । यहाँ पढिसकेपछि भोलि के होला ? भन्ने कुनै दुविधा छैन । विद्यार्थीलाई जागिर सुनिश्चित छ ।

सोको लागि हामीहरुले विभिन्न बैंक तथा वित्तीय संस्था एवं प्रतिष्ठानसँग आपसी समन्वय गरेका छौं । यहाँ उत्पादित जनशक्ति व्यवस्थापनमा सहज छ । पढाइ र सिकाइ सँगसँगै लैजान्छौं । विषयविज्ञलाई यहाँ ल्याएर विद्यार्थीबीच साक्षात्कार गराउँछौं । ताकि विद्यार्थी स्वयं स्वरोजगार बनून् । बीएचएम, बीबीए र बीबीए–बीआईको नतिजा हरेक वर्ष उत्कृष्ट छ । देशभर चर्चित यो कलेजमा विद्यार्थीको आकर्षण बढ्दो छ ।