
काठमाडौं, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ । महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासंको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् ।
समितिको सदस्यमा महासंको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् । समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारीलगायत छन् ।
समिति विस्तार गर्दै महासंका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।” साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असङ्गठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएको भन्दै उनले यस क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गर्नुपर्ने बताए ।
महासंका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध सञ्चालनमा सहयोग गर्न सकिन्छ भन्ने ध्येयका साथ काम गर्न समितिलाई आग्रह गरे ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



