
काठमाडौं, २२ माघ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आर्थिक क्षेत्रलाई धरासायी बनाउने तथा जोखिममा पार्ने जस्ता बन्द हड्तालका कार्यक्रम नगर्न संयुक्त रुपमा आग्रह गरेका छन् ।
एक वर्ष कोभिड १९ को महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई राजनीतिक आन्दोलदन, बन्द, हड्ताल र अस्थिरताले झन् जोखिममा पार्ने भएकोले यस्ता गतिविधि नगर्न उनीहरुले आग्रह गरेका हुन ।
पछिल्लो क्रममा आफ्नै लयमा फर्किन लागेको नेपालको अर्थतन्त्रमा यही समयमा विकसित राजनीतिक घटनाक्रमले नकारात्मक असर गर्ने निश्चित भएको, उद्योग, पेशा, व्यवसायमा जोखिम पर्न गई आयआर्जनमा प्रत्यक्ष प्रभावको पीडा थपिदिने भएकाेले यस्ता गतिविधि रोक्न माग गरिएको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



