
काठमाडौं, २२ माघ । साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुनमा ९०० रुपैयाँले गिरावट आएको छ भने चाँदीमा ३२० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ९१ हजार १०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ६०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज प्रतितोला रुपैयाँ ३२० ले घटेर रुपैयाँ १ हजार ३०० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



