कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

-



     सफल आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ माघ । कामना सेवा विकास बैंकले आजदेखि १० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु १०००/- रुपैयाँ अंकित मूल्यकाे १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

निष्काशन गरिएको ऋणपत्र १ अर्ब रुपैयाँ बराबरको रहेको छ । निष्काशन गरिएको १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि तथा ६ लाख कित्ता व्यक्तिगत विभिन्न संघ संस्थालाई बिक्रीका लागि खुल्ला गरिएको हो ।

”१० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएकाे ९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७” नामक उक्त ऋणपत्र निष्काशन गर्नका लागि बोर्डले माघ २ मा अनुमति प्रदान गरेको थियो ।

इच्छुक आवेदनकर्ताले माघ २६ देखि ढीलोमा फागुनको ६ गतेसम्म घटीमा २५ तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।