काठमाडौं, २३ माघ । वाग्मती, २३ माघ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ । बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ ।
आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । रजिष्ट्रार प्रसाईका अनुसार प्रतिष्ठानको सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ ।
चालु आर्थिक वर्षबाट तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति भई कार्य गर्ने प्राध्यापकको तलब स्केल पनि निर्धारण गरेको छ । सभाले जनशक्ति तथा व्यवस्थापनसम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको उनले भने ।






गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने… 



