सुनचाँदीको मूल्यमा लगातार गिरावट, तोलाको कति ?

-



     सफल आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ माघ । सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ११०० रुपैयाँले घटेको छ ।

साताको छैंटौं दिन आज शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहिबार पनि सुन ९०० रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

आज शुक्रबार तेजाबी सुन १०५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी प्रतितोला रुपैयाँ १३०० मा कारोबार भएको थियो ।