स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सेवा सम्झौता

-



     सफल आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ माघ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच औपचारिक सम्झौता भएको छ ।

एससिटिले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्र्माट क्युआर, र कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुने बताइएकाे छ ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो-छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुच हुनेछ । बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउनेछ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।