

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चारजना नक्कली राष्ट्रवादको हाउभाउ देखाउनेले तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ती गर्नै नदिएको बताएका छन् । अहिले ति दुई चारजना मान्छेहरु बाहिर गएपछि संबैधानिक आयोग बनाउन सहज भएको बताए । पहिला बनाउनै दिएनन् उनले भने, बल्ल केहि मान्छेले पार्टी छोडेर गए अनि मात्र बनाउन सकियो ।
मैले पटक पटक भन्दै आएँ, सरकार पाँच वर्षका लागि हो चलाऔं तर उनीहरुले मान्दै मानेन् । उल्टै केपी ओलीलाई सरकारबाट हटाउने अभियानमा लागे । आफ्नो व्यक्तिगत स्वार्थ र अहंकारको लागि पार्टी र सरकारलाई चल्न नदिने, पहिलेको झैं सांसद किनबेच राजनीति, अस्थिरताको राजनीति गर्न थालेपछि म ताजा जनादेशको लागि निर्वाचनमा गएको हुँ ।
काम गर्नै नपाउने अवस्था भएपछि ताजा जनादेशको लागि जनताको बीचमा जानु भन्दा अर्को उपाए लोकतन्त्रमा नहुने ओलीले तर्क गरे । अस्थिरताको राजनीतिमा जाने की जनताको बीचमा जाने ? मैले भनिरहेको छु, चुनावमा जाऔं, अस्थिरता होईन । चुनावमा जाऔं, चुनाव नै चाहियो । जनता के भन्छ ? चुनाव भन्छ, उनले भने ।
उनिहरु सबै धम्किको भाषामा बोल्छन् । हामी धम्कि दिन्नौ नम्र भएर बोल्दछौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष रहेका ओलीले भने, हाम्रा देशका सबै निकायहरु स्वतन्त्र छन् र उनीहरुले स्वतन्त्र रुपमा निर्णय गर्दछन् । देश चुनावमा गयो गयो । के के गर्ने हो, सबै चुनावले फैसला गर्छ । उनले भने, हेरौं कस्को सरकार बन्छ ? सबै कुरा चुनावले फैसला गर्छ । ओलीले निर्वाचन आयोगमा गएर निर्वाचन नगर भन्नेहरु लोकतन्त्रवादी नहुने बताउँदै जनताको फैसला अनुसार अगाडी बढ्दा देश संकटमा पर्छ भन्नेहरु आत्तिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको चेतनाको स्तर माथि उठेकोले नेपालमा लोकतन्त्र मासिनै नसक्ने ठोकुवा गरे । नेपाली जनता सचेत भएकोले लोकतन्त्रलाई केहि गर्छु भनेर नचिताए हुन्छ । उनले भने, कर्के नजर नलगाए हुन्छ, देश अघि बढ्यो बढ्यो ।
अहिले देशव्यापी एउटा बहस भइर्एरहेको छ ? संसद विगठनको विषय । संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भयो भने संसद विगठन गर्न पाउँछ । हाम्रै बलमा सरकारकामा आउने अनि काम पनि गर्न नदिने ? उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले कुनैपनि नाटकवाजको भ्रमममा नपर्न युवाहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिदैं समाजका जेष्ठ नागरिक बाबा आमालाई सम्मानपूर्वक व्यवहार गर्न युवालाई आव्हान गरे । संवोधनको क्रममा उनले कोभिड १९ को विरुद्ध अग्रपंक्तिमा रहेका काम गरेका स्वास्थ्यकर्मि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालगायत सबैलाई आभार व्यक्त गरे








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



