चन्द्रागिरी हिल्सको शेयर कारोबार आईतबारबाट खुल्ला, कति होला ओपनिङ रेन्ज ?

-



     सफल आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार आईतबारबाट खुल्ला भएको छ । नेप्सेमा सूचिकृत भएपछि चन्द्रगिरीको शेयरको कारोबारको ढोका आईतबारबाट खुल्ला भएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको शेयरको ओपनिङ रेन्ज पनि तोकेको छ । नेप्सेका अनुसार पहिलो कारोबारका लागि ९६ रुपैयाँ ६९ पैसादेखि बढीमा २९० रुपैयाँ ७ पैसा तोकिएको छ ।

शुक्रबार चन्द्रागिरीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो । तोकिएको ओपनिङ रेन्ज अनुसार आईतबारबाट चन्द्रागिरीको शेयर कारोबार सीजीएच कोडमा हुनेछ ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेको थियो । जस्को बाँडफाँड माघ ९ गते भएकाे थियो ।