
काठमाडौं, २५ माघ । महिला लघुवित्त वित्तीय संस्थाले परिवर्तित मिति माघ ३० गतेबाट आइपीओ खुला गर्ने बताएको छ । संस्थाले परिवर्तित मिति अनुसार सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीकाे माघ २८ देखि फागुन २ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भनिएकाे थियाे ।
परिवर्तित मिति अनुसार कम्पनीको शेयर फागुन ३० देखि फागुन ४ गतेसम्मका लागि बिक्री खुल्ला गरिएको छ । तोकिएको समयमा शेयर बिक्री नभएको खण्डमा फागुन १४ गतेसम्म खुल्ला हुने भएको छ ।
महिला लघुवित्तले जम्मा ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । त्यसमध्येमा कर्मचारीका लागि ५ हजार कित्ता छुट्याईएको छ । यस्तै २० हजार कित्ता शेयर म्युचुअल फण्डका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताले घटीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । महिला लघुवित्तको चुक्ता पूँजी हाल ६ करोड रहेको छ । शेयरको बिक्री भईसकेपछि संस्थाको पूँजी १० करोड पुग्ने भएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



