रुरु जलविद्युतले पायो प्रिमियम आइपीओ निष्काशनको अनुमति

-



     सफल आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ माघ । नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत आयोजनालाई प्रिमियम मूल्यसहित ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँ बराबरको शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डबाट अनुमति पाएपछि आयोजनाले सर्वसाधारणको लागि जारी पूँजीको १० प्रतिशतले ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ (रु २० प्रिमियम)काे दरले शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानियको लागि प्रतिकित्ता रुपैयाँ १०० अंकित ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्कान गर्ने भएको हो । इक्रा नेपालबाट रुरु जलविद्युत आयोजनाले तेश्रो तहको रेटिङ पाएको छ ।

रुरु जलविद्युत आयोजनाले २०७७ सालको चैत्र महिनाबाट गुल्मी जिल्लाको माथिल्लो हुग्दीखोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ ।