साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ माघ । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।आज सुन प्रतितोला रुपैयाँ ६०० ले र चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ हजार ६०० मा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएर प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको पनि वृद्धि भएको छ । आज चाँदीमा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० कायम भएको थियो ।