शेयर बजारमा ऐतिहासिक नयाँ रेकर्ड, १० अर्ब बढीकाे कारोबार

-



     सफल आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २५ माघ । साताको पहिलो दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक र शेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

शेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

आज नेप्से १.९७ प्रतिशतले बढेको हो । सेन्सेटिभ ईण्डेक्स ५.३० अंकले बृद्धि भई ४५९.३२ अंकमा पुगेको छ । २०२ कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्रीबाट १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार भएका १२ उपसमूहमध्ये ९ वटाको शेयर बढेको छ भने बाँकि ३ वटाको शेयर घटेको छ । आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडले ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबराको कारोबार गर्न सफल भएको छ ।

यी हुन् धेरै कमाउने १० कम्पनी