
काठमाडौं, २५ माघ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १ लाख बढी सदस्य माझ पुगेर वित्तीय सेवा पुर्याउने लक्ष्यकासाथ अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले भक्तपुर बाँसघारीमा संचालक समिति, संस्थागत लगानीकर्ता, ब्लक स्टेशन प्रमुख, क्षेत्रीय प्रमुख, विभागिय प्रमुख र उच्च व्यवथापन सहितको सहभागितामा दुई दिने अर्धवार्षिक प्रगति समिक्षा र आगामी अर्धवार्षिक लक्ष्यकासाथ कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले विगत छ महिनामा गरेका कार्यक्रमहरुको समिक्षासहित आगामी छ महिनाको रणनैतिक लक्ष्य निर्धारण गरेको छ । हाल ५५ जिल्लामा संचालनमा रहेकोमा थप ६ जिल्लामा कार्यक्रमहरु बिस्तार गरि ६१ जिल्लामा सेवा पुर्याउने बताएको छ । १ लाख १७ हजार सदस्यहरुलाई वित्तिय सेवा पुर्याउने लक्ष्य लिएको संस्थाले जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर बृद्धि, कर्मचारी कार्यक्षमता, उत्पादकत्व बृद्धि, प्रभावकारी कार्यसञ्चालन, परिणाममुखी शाखा अनुगमनलगायतका विषयमा छलफल र समिक्षा गरेको छ
संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको विगतको इतिहासबाट पाठ सिक्दै देशभरिका लघुवित्त वित्तीय संस्थाहरुबीच नमूना संस्था बनाउन लागिपरेको बताए । साथै उनले संस्थाको कार्यादेश अनुसार कर्मचारीहरुलाई पनि अगाडी बढ्नको लागि निर्देशन दिए । संस्थाले स्वेडा र नागवेली दुई वटा लघुवित्तलाई प्राप्ति गरेसंगै ठूलो आकार लिंदै गएको र आगामी दिनमासमेत अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने गाभिने प्रकृयालाई निरन्तरता दिने बताए ।
नायब प्रमुख कार्यकारी राजेन्द्र प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत विर्ख बहादुर बोहराले संस्थाको आगामी दिशानिर्देश सहितको संकल्प प्रस्तावलाई पेश गरेका थिए ।
सञ्चालक समिति अध्यक्ष टेक बहादुर बोहराको प्रमुख आतिथ्यता संचालन भएको कार्यक्रममा सञ्चालकहरु सन्तोष फुँयाल, दिप बहादुर श्रेष्ठ, संजय कुमार श्रेष्ठ, संस्थापक शेयरधनिहरु राम प्रसाद भंण्डारी, प्रकाश कोइराला, लोक बहादुर माझी, कुल प्रसाद खरेल लगायतले आफ्ना बिचार व्यक्त गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले संकल्प प्रस्ताव अनुसारले लक्ष्य हासिल गर्न कर्मचारीहरु सबैलाई एक रफ्तारमा अगाडी बढ्न निर्देशन दिदै कार्यक्रमले तय गरेको लक्ष्य प्राप्तीमा पुग्ने प्रतिवद्धता व्यक्त गरे । यही शुक्रबार र शनिवार गरि दुई दिन चलेको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ब्लक स्टेशनहरुलाई पुरस्कृत गरिएको थियो ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



