प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

-



     सफल आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ माघ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको २१३औं बैठकले ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २६ करोड ४३ लाख २ हजारको हुन आउने ८ प्रतिशत बोनस शेयर ८ करोड २१ लाख १४ हजार ५६० र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश ४३ लाख २१ हजार ८१८ रुपैयाँ पञ्चानब्बे पैसा वितरण गर्ने भएको हो ।

कम्पनी सचिव आनन्द बाबु खड्काका अनुसार कम्पनीले दिने बोनस शेयर तथा नगद लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।