काठमाडौं, २६ माघ । शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आएकोमा यसलाई आज पनि कायम राखेको देखियो । यो साताको दोश्रो दिन आज सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।
नेप्से परिसूचक आज ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेर रोकिएको छ । नेप्से १.४८ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ७.२८ अंकले बढेर ४६६.६० अंकमा गएर रोकिएको छ ।
आज २०६ कम्पनीको २ करोड ११ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ भने करोबार रकम १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँ बराबरको भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ उपसमूहको कारोबार भएकोमा ७ वटा उपसमूहमा हरियो देखिएको छ भने बाँकी पाँचले रातो पाएका छन् । सबैभन्दा बढी कारोबार प्रभु बैंकको ५८ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



