
काठमाडौं, २६ माघ । सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी शाह नियुक्त भएकी छिन् । शाहलाई बैंक सञ्चालक समितिको बैठकले सोमबार डेपुटी सीईओमा बढुवा गरेको हो । यस अघि उनी बैंकको नायव महाप्रवन्धक (डेपुटी जनरल म्यानेजर) थिइन् ।
करिब २ दशकदेखि बैंकिङ क्षेत्रमा रहेकी शाहले सन् २००२ देखि एभरेष्ट बैंकबाट करियर शुरु गरेकी हुन् । ग्लोबल आईएमई बैंकको सहायक महाप्रवन्धक रहेकी उनी करिब २ वर्ष पहिलेमात्रै सनराइज बैंक पुगेकी थिइन् ।
शाहसँग शाखारहित बैंकिङ सेवा, मार्केटिङ, डिजिटल बैंकिङ, रेमिट्यान्स, कर्पोरेट लेण्डिङ लगायतका विषयमा राम्रो अनुभव रहेको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



