
काभ्रे, २७ माघ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाकाे ८ र ९ को वडा कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । दुबै वडाको कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । वडा नं ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १४९ र वडा नं ९ का लागि ४१ लाख ४४ हजार २२३ रुपैयाँमा ठेक्का सम्झौता भएको बताइएकाे छ ।
नगरपालिकाले सबै वडामा एकै प्रकारको डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजना बनाएको छ । नगरपालिकाले यस वर्ष पाँच वटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि मात्रै वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माणकार्य अगाडि बढिसकेको छ । यसअघि निर्माण थालिएका वडा नं. ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेका छन ।
यस वर्ष निर्माण हुने वडा नं २ र वडा ७ को भवन निर्माण गर्न बाँकी दुई वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र शुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



